सानिमा बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

0
Shares

सानिमा बैंकको ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले सर्वसाधारणले समेत आवेदन दिन पाउने गरी उक्त संस्थापक सेयरको बिक्री खुला गरेको हो ।

यस सेयरमा जोकोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाले आवेदन दिन सक्नेछन् । उक्त सेयरको मूल्य न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ ।

बैंकले यसअघि विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएपनि बिक्री नभएपछि सर्वसाधारणमा बिक्री खुलेको हो ।
इच्छुक लगानीकर्ताले १५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।