दुई कम्पनीको सेयर मूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।आज नागरिक लगानी कोषको बोनस र हिमालय उर्जा विकास कम्पनीको शतप्रतिशत हकप्रदको बुकक्लोजसँगै बुधबार दुबै कम्पनीको मूल्य समायोजन भएको हो ।

दुबै कम्पनीले भोलि बिहीबार सेयर दाखिल खारेजी बन्द (बुकक्लोज) मिति तोकेका छन् । सोही अनुसार बुधबार कारोबार भएको अन्तिम मूल्यलाई आधार मानेर सेयर मूल्य समायोजन गरिएको हो ।

नेप्सेका अनुसार नागरिक लगानी कोषको १४ प्रतिशत बोनस समायोजनपछि कोषको प्रतिकित्ता सेयर मूल्य १८७३.६८ रुपैयाँ निर्धारण गरिएको छ । बुधबार कोषको प्रतिकित्ता २१३६ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै हिमालय उर्जा विकास कम्पनीको शतप्रतिशत हकप्रदपछि प्रतिकित्ता मूल्य १८४.५० रुपैयाँ तोकिएको छ । बुधबार कम्पनीको २६९ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।

आज समायोजन भएको मूल्यलाई आधार मानेर भोलि बिहीबार दुबै कम्पनीको धितोपत्र कारोबार सुचारु हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।