जाग्दैछ सेयर बजारमा उत्साह, पाँच दिनमा १०४ अंकको बढोत्तरी

0
Shares

चालु आर्थिक वर्ष समाप्त हुन एक साताभन्दा केही दिनमात्र बढी बाँकी रहँदा सेयर बजार परिसूचक नेप्सेमा निरन्तर बढोत्तरी देखिएको छ । बदलिँदो सत्ता समीकरण र सूचीकृत कम्पनीको कमाईलाई आंकलन गर्दै लगानीकर्ताहरुले बजारमा लगानी बढाएका हुन् ।

प्रधानमन्त्री पुष्कमल दाहालले असार २८ गते संसदमा विश्वासको मतको परीक्षण गर्ने र त्यसपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएसँगै राजनैतिक प्रभाव धितोपत्र बजारमा देखिएको हो । जसले असार १७ गते सोमबार यता नेप्से बढ्दै आएको हो । नेप्से १७ गते १६.२९ अंक, १८ गते ४७.०४ अंक, १९ गते ३.७९ अंक र २० गते १५.४७ अंकले बढेको हो । आइतबार पनि बजार वृद्धिले निरन्तरता पाउँदा २१.२७ अंक बढेर बन्द भएको छ । यसरी पाँच दिनमा नेप्से कुल १०३.८६ अंकले बढेको हो ।

चालु आर्थिक वर्ष समाप्त हुन लाग्दा कतिपय सूचीकृत कम्पनीको नाफाको आंकलन समेत कारोबारीले प्राप्त गरेका छन् । यसले पनि बजारमा उत्साह थपेको छ । गत बिहीबारयता ६ अर्ब माथिको धितोपत्र किनबेच हुनुले पनि बजारमा उत्साह जाग्दै गरेको पुष्टि हुन्छ । यसअघि दैनिक कारोबार औसत ३ अर्बमा सीमित थियो ।

आइतबार धितोपत्र बजार परिसूचक २१.२७ अंक बढेर २१४०.९७ विन्दुमा पुगेको छ । दोहोरो अंकले बढेसँगै आइतबार ६ अर्ब २९ लाख ३१ हजार ८५४ रुपैयाँको धितोपत्र खरिद बिक्री भएको छ । बिहीबार नेप्से १५.४६ अंक बढेर ६ अर्ब ४८ करोड २५ लाखको कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४७ करोड ९६ लाख रुपेयाँ कम हो ।

आइतबार सेन्सेटिभ इन्डेक्स ०.९३ अंक, फ्लोट इण्डेक्स ०.८९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८३ अंक बढेको छ । यसदिन ३२५ स्टकको १ करोड ४० लाख १४ हजार ६२२ कित्ता सेयर ८० हजार १८३८ पटक कारोबार भएको छ । आज १९३ कम्पनीको सेयर मूल्य बढेको छ भने ११२ कम्पनीको घटेको छ । २० कम्पनीको मूल्य स्थिर छ ।

आइतबार होटल तथा पर्यटनमुकल उपसमुहगत सूचकमा आबद्ध कम्पनीको मूल्य बढेपछि सबइन्डेक्स सर्वाधिक २.९६ प्रतिशतले बढेको छ । यस्तै अन्य द्द.२५ प्रतिशत, लगानी १.८५ प्रतिशत, जीवन बीमा १.५२ प्रतिशत, लघुवित्त १.४६ प्रतिशत, निर्जीवन बीमा १.३२ प्रतिशत र उत्पादन तथा प्रशोधनमुलक १.१७ प्रतिशतले बढेको छ । ब्यापार सर्वाधिक २.२३ प्रतिशतले घटेको बजारमा फाइनान्स २.०७ प्रतिशत र विकास बैंक ०.२४ प्रतिशतले करेक्शन भएको छ ।

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा धेरै २१ करोड ७१ लाख ४८ रुपैयाँ बराबरको २ लाख ९५ हजार २५९ कित्रा सेयर कारोबार भएको छ । कम्पनीको सेयर ३४ ले बढेर प्रतिकित्ता ७४२ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ ।

यसैगरी हिमालयन रि इन्स्योरेन्सको प्रतिकित्ता ५६५ रुपैयाँका दरमा १५ करोड ५० लाख रुपैयाँ, सिईडिबी हाइड्रोपावरको १०७८ रुपैयाँ दरमा १३ करोड ८८ लाख, गुडबिल फाइनान्सको ६३३ दरमा ११ करोड ५९ लाख रुपैयाँ र सानिमा जिआईसी इन्स्योरेन्सको ५६५ रुपैयाँ दरमा ११ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बाजरबाट सिईडिबी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ५.२५ प्रतिशतले मुनाफा कमाएका छन् । यस्तै नेशनल लघुवित्तको ५.०९ प्रतिशत, निफको ५.०३ प्रतिशत, १०.२५%केबिएल डिबेञ्चर २०८६ को ५.०२ प्रतिशत र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको प्रतिकित्ता ४.८० प्रतिशतले सेयर मूल्य उकालो लागेको छ । समाज लघुवित्त, जानकी फाइनान्स, थ्रीस्टार हाइड्रोपावर, तारागाउँ रिजेन्सी होटल र माछापुच्छ्रे बैंककोसेयर मूल्य पनि ४ प्रतिशतभन्दा अधिक बढेका छन् ।

उता आजको बजारबाट मैलुङ्गखोजा जलविद्युतका लगानीकर्ताले गुमाएका छन् । दश प्रतिशतले सेयर मूल्य घटेर नकारात्मक सर्किट लागेको कम्पनीको प्रतिकित्ता ६६१.५० रुपैयाँमा कारोबार बन्द भएको छ। यस्तै गुडविल फाइनान्सको ६.६२ प्रतिशत, आईसिएफसि फाइनान्सको ४.१८ प्रतिशत, अपर सोलु हाइड्रोइलेक्ट्रिक ३.९० प्रतिशत र हिमालय उर्जा विकास कम्पनीको ३.५९ प्रतिशतले मूल्य घटेको छ ।

आइतबारको कारोबारपछि कुल बजार पुँजीकरण ३३ खर्ब ९५ अर्ब ९६ करोड ११ लाख ८४ हजार रुपैयाँमा समेटिएको छ ।बिहीबारको तुलनामा बजार पुँजीकरण ३३ अर्ब ७४ करोड ५१ लाख रुपैयाँले बढेको हो । बिहीबार कुल बजार पुँजीकरण ३३ खर्ब ६२ अर्ब २१ करोड ६० लाख ९० हजार रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ असार २०८१, आइतबार  १५ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।