कुरकुरे, चिजबल र लेज आयातमा बाहिरियो ८२ करोड, नेपालमा उत्पादित कुरमुरे १६ करोडको निर्यात

0
Shares

चालु आर्थिक वर्षको एघार महीनामा नेपालमा कुरकुरे, कुरमुरे लेज र चिजबल आयातमा मात्रै साढे ८२ करोड रुपैयाँ बाहिरिएको छ ।

गत साउनदेखि जेठसम्म ८२ करोड ४१ लाख २२ हजार रुपैयाँ बराबरको १५ लाख ६ हजार २७९ किलो जंक फुड आयात भएको हो ।

गत आर्थिक वर्ष (२०७९/८०) को एघार महिनाको अवधिमा नेपालमा कुल ६१ करोड २८ लाख २७ हजार रुपैयाँ बराबरको ११ लाख ९० हजार ७४४ किलो कुरकुरे आयात भएको छ ।

मुलुकभित्रै व्यवसायीक घराना चौधरी ग्रुप, दुगड ग्रुप तथा एशोदा फ्ड्स लगायततले कुरमुरे, चिजबल लगायत उत्पादन तथा बिक्री गर्दै आइरहेका छन् । तर, पनि बाहिरि मूलुकहरुबाट यस्ता जंक फुड अयात हुन छाडेको छैन ।

मुख्य रुपमा नेपालमा भारतबाट यस्ता सामाग्रीहरुको उच्च आयात हुने गरेको छ । यस्तै, मलेसिया, अमेरिका, चीन, बेलायत, बंगलादेश, नर्वे, ताइवान, फ्रान्स लगायत देशबाट समेत कुरकुरे, लेज, पोट्याटो चिप्सजस्ता जंक फुड आयात हुने गरेको छ ।

चालु आर्थिक वर्षमा मात्रै भारतबाट ५९ करोड ३१ लाख रुपैयाँ बराबरको १२ करोड ७४ लाख ९५५ किलो आयात भएको छ । यस्तै, मलेसियाबाट २० करोड ९८ लाख ७८ हजार रुपैयाँ बराबरको २ लाख १ हजार ५११ किलो, चिनबाट ४९ लाख ९८० हजार रुपैयाँ बराबरको ६ हजार ६८० किलो, भियतनामबाट १७ लाख ४९ हजार रुपैयाँ बराबरको २ हजार २७७ किलो , कोरियाबाट १ करोड ९ लाख ४४ हजार रुपैयाँ बराबरको १७ हजार २४७ किलो कुरकुरे आयात भएको छ ।

यता, नेपालमा उत्पादित कुरमुरे, कुरकुरे, लेज र चिजबल भने २२ वटा देशमा कुल १६ करोड ८३ लाख ८७ हजार रुपैयाँको निर्यात भएको छ । चालु आवको एघार महिनाको अवधिमा २२ वटा देशमा ३ लाख ४ हजार १५४ केजी कुरकुरे निर्यात भएको हो ।

नेपालबाट विषेशतः भुटानमा यस्तो खाद्य पदार्थ निर्यात हुने गरेको छ । एघार महिनाको अवधिमा नेपालबाट भुटान लगायत अष्ट्रेलिया, क्यानडा, भारत, ओमान, इटली, फ्रान्स, हङकङ, पाकिस्तान, मलेसिया, कतार, कुबेत लगायत देशहरुमा नेपालमा उत्पादित कुरकुरे निर्यात हुने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।