दुईवटा मिशेलिन स्टार प्राप्त रेष्टुरेन्टका हेड सेफका रुपमा नेपालका राहुल बाबु श्रेष्ठ

0
Shares

उत्कृष्ट पाककला भएको रेष्टुरेन्टले पाउने मिसोलान स्टार यसपालि दुबईमा रहेको रेष्टुरेन्ट ‘रो अन फोर्टिफाइभ’ ले प्राप्त गरेको छ। बेलायति सेफ आर्थनटनले दुइ दशक अघि दुबईको हिलटन क्रिकबाट सुरु गरेको यो रेष्टुरेन्टले हालसम्म दुईवटा मिसोलन प्राप्त गरिसकेको छ ।

खानामा राखिने सामाग्रिको गुणस्तर ,स्वादको सन्तुलन र सेफको दक्षतालाई प्रस्तुत गरि मेनुमा निरन्तरता दिएको रो अन फोर्टिफाइभमा हेड सेफको रुपमा नेपालका राहुल बाबू श्रेष्ठ कार्यरत छन् ।

सन् २०१३ देखि श्रेष्ठले विभिन्न रेष्टुरेन्टमा इन्टर्सिप गर्दै आफ्नो व्यवसायिक करियरको सुरुवात गरेका थिए । यसै क्रममा लन्डन र सिंगापुरमा जसनसँग र ३ वटा मिसोलन स्टार पाएको नर्वेको रेष्टुरेन्टमा समेत काम गरिसकेका छन् ।

सन् २०१६ मा फेरी उनी जसनसँगै काम गर्न दुबई पुगेका थिए । हाल उनी रो अन फोर्टिफाइभमा सेफ दी क्युजिनसँगै मेनको इन्चार्ज र डिस डेभलप्मेन्टमा रहि एक्जुकिटिभ सेफ ड्यान बर्कसँग किचन टिम सम्हालिरहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।