होटल सब्रिनाले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

0
Shares

होटल सब्रिना लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ । कम्पनीले प्राथमिक सेयर निष्कासन प्रक्रिया सुरु गर्दै एनएमबि क्यापिटल लिमिटेडलाई संस्थागत परामर्श सेवा तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

असार २२ गते आयोजित एक कार्यक्रममा उक्त कार्यका लागि कम्पनीका तर्फबाट संस्थापक तथा अध्यक्ष निराजन थापा तथा एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्कासनको प्रक्रिया अगाडि बढाउने योजना रहेको कम्पनीका अध्यक्ष निराजन थापाले बताए ।

काठमाडौंको बुढानिलकण्ठ–६,गणेश चौकमा अवस्थित होटेल सब्रिनालाई सञ्चालनमा आएको तीन वर्षमै होटेल कृटिक एण्ड ब्लगर्स एशोसिएशन तथा होटेल डट कमले २०२१ मा नेपालको सर्वोत्कृष्ट होटलको उपाधिबाट सम्मानित गरेको थियो । हाल होटेलको व्यवस्थापन रोयल अर्किड होटलको “रिजेन्टा प्लेस” ब्राण्डले गर्दै आएको छ ।

रोयल अर्किड होटल ब्राण्ड अन्तर्गत ४८ भन्दा बढी स्थानहरुमा १०० भन्दा बढी होटलहरु सञ्चालनमा रहेको छ । नेपालमा यस ब्राण्डअन्तर्गत सञ्चालनमा आएको होटलमध्ये यस होटेल सब्रिना पहिलो हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।