समस्याग्रस्त शिवशिखर बहुउद्देश्यीय सहकारीको गार्डेन मार्ट १ करोड १५ लाखमा लिलामी

0
Shares

समस्याग्रस्त शिवशिखर बहुउद्देश्यीय सहकारीको मार्ट लिलामीमा बिक्री गरिने भएको छ । बचतकर्ताको रकम फिर्ता गर्न सरकारले सहकारीको जायजेथा लिलामीको प्रक्रिया अगाडि बढाएको हो ।

समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले मंगलबार सूचना जारी गर्दै सहकारीको गोदावरी–१४ ठबस्थित गार्डेन मार्ट एकमुस्ट मूल्यांकन १ करोड १५ लाख ७८ हजार ८३५ रुपैयाँमा लिलामी बिक्रीमा राािखएको जनाएको हो ।

सहकारीको एक रोपनी २ आना जग्गामा रहेको गार्डेन मार्टको संरचना, मार्टमा भएका सामान तथा सहकारीका फर्निचर र कम्प्युटर लिलामी बिक्रीमा राखिएको सूचनामा उल्लेख गरिएको छ । सहकारीको उक्त सम्पत्ति सकार्न चाहने घरधनी, सहकारीका बचतकर्ता वा इच्छुकले ७ दिनभित्रमा गोप्य सिलबन्दी निवेदन बुझाउन सक्ने कार्यालयले सूचनामार्फत जनाएको छ ।

कार्यालयले लिलामी बिक्रीमा राखिएका सम्पत्तिको एकमुस्ट मूल्यांकन १ करोड १५ लाख ७८ हजार ८३५ रुपैयाँ तोकेको छ । कार्यालयका अनुसार सहकारीको उक्त सम्पत्ति लिलामी बिक्रीबाट उठेको रकम सहकारीका बचतकर्ताको निक्षेप फिर्ता गर्न प्रयोग गरिने जनाइएको छ ।

कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै एक रोपनी २ आना जग्गामा रहेको मार्टको संरचना, भित्र भएका सामान तथा सहकारी संस्थाका फर्निचर, कम्प्युटर बिक्रीमा राखेको हो । सहकारीका सञ्चालक समितिले बचतकर्ताको पैसा हिनामिना गरेपछि समस्याग्रस्त भएको उक्त सहकारीका सञ्चालनहरु विरुद्ध मुद्दाको कारबाही चलिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।