बिन्धवासिनी हाइड्रोपावरले आईपीओ निष्काशन प्रस्ताव राखेर डाक्यो साधारण सभा

0
Shares

बिन्धवासिनी हाइड्रोपावरले आईपीओ निष्काशन प्रस्ताव राखेर फागुन २२ गते बिहीबार तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ।
कम्पनीले अम्रपाली बैंक्वेट नक्साल काठमाण्डौंमा बिहान ११ बजे साधारण सभा बोलाएको छ।

सभामा कम्पनीले सर्वसाधारणमा शेयर निष्काशन गर्ने, तथा अन्य कम्पनीमा रहेको शेयर खरीद बिक्री गर्न सञ्चालक समितिलाई अधिकार दिने मुख्य प्रस्ताव रहेको हो।

यसैगरि लेखापरिक्षक नियुक्ती र पारिश्रमिक निर्धारण, वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने रहेका छन्।

बिन्धवासिनी हाइड्रोपावर कम्पनीले पश्चिम लमजुङको रुदीखोला–बी जलविद्युत आयोजनाबाट प्रतिमेगावाट १८ करोड लागतमा ६.६ मेगावाटको आयोजना निमार्ण गरिरहेको छ। बिन्ध्यवासिनी हाइड्रोपावर कम्पनीले यसअघि रुदी खोलामै ८.८ मेगावाटको रुदी ‘ए’ जलविद्युत् आयोजना निर्माण गरिसकेको छ ।