प्रभु इन्स्योरेन्सले ५०.१५% हकप्रद जारी गर्न माग्यो अनुमति

0
Shares

प्रभु इन्स्योरेन्सले चुक्ता पुँजीको ५०.१५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

अघिल्लो साता हकप्रद जारी गर्न बिक्री प्रबन्धक चयन गरेको कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाउँदै नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीले असार १९ गते १ः०.५०१५ अनुपातमा ८३ लाख ५० हजार १३५ दशमलव ४४ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

कम्पनीको २८ औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको ५०.१५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको थियो । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई तोकेको बमोजिमको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन कम्पनीले हकप्रदको बाटो लिएको हो ।

धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले ५०.१५ प्रतिशत हकप्रद निष्कासन गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।