डेभलपमेण्ट बैँकर्स एशोसिएसनको अध्यक्षमा गोविन्द प्रसाद ढकाल


डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा गरिमा विकास बैँकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल लगाएत अन्य पदाधिकारीहरु सर्वसम्मतीबाट निर्वाचित भएको छन् । एशोसियसनको शुक्रबार सम्पन्न तेह्रौं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो ।

एसोसिएसनको अध्यक्ष ढकाल, गरिमा विकास बैंक, प्रथम उपाध्यक्षमा मुक्तिनाथ विकास बैंक प्रमूख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, द्धितिय उपाध्यक्ष गण्डकी विकास बैंकका रेशम बहादुर थापा, महासचिवमा ज्योति विकास बैंकका मनोज कुमार ज्ञवाली, सचिवमा तिनाउँ विकास बैंकका प्रदिप कुमार श्रेष्ठ, कोषाध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका सुयोग श्रेष्ठ, र

सदस्य तर्फ क्रमस ः सिन्धु विकास बैंकका नरेश प्रसाद जोसी, लुम्विनी विकास बैंकका नरेस सिंह बोहोरा, कञ्चन डेभलपमेन्ट बैंकका विरुराम जैसी, कामना सेवा विकास बैंकका प्रविन बस्नेत, सप्तकोशी डेभलपमेण्ट बैंकका नविन सुवेदी निर्वाचित भएका हुन । नवनियुक्त कार्य समितिका पदाधिकारीहरुले सोही साधारण सभामा सपथ ग्रहण गरी कार्यभार समेत सम्हालेको छ ।