मानुषी लघुवित्तले खुद नाफा ४९ लाख २३ हजार

0
Shares

मानुषी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको ६ महिनामा ४९ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले गत आवको यसै अवधिमा ३९ लाख ४३ हजार नाफा कमाएको थियो।

लघुवित्तले अवधि सम्ममा लघुवित्तले ५० करोड ९९ लाख रुपैयाँ निक्षेप संकलन तथा २९ करोड ९ लाख सापटीबाट ८० करोड ६७ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ। पुस मसान्तसम्ममा कम्पनीले ३ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको मानुषीको वार्षिक प्रतिशेयर आम्दानी १४ रुपैयाँ ७ पैसा रहेको छ । लघुवित्तको जगेडा कोषमा ३ करोड १३ लाख रुपैयाँ छ।

लघुवित्तको खराब कर्जा अनुपात १.२६ प्रतिशत बिन्दुले बढेर २.८६ प्रतिशत पुगेको छ। खराब कर्जा बढेपछि १ करोड ८७ लाख रुपैयाँ सम्भावित कर्जा नोक्सानी वापत व्यवस्था गर्दा लघुवित्त ४५ लाख ५३ हजार सञ्चालक नोक्सानीमा पुगेको छ । यस अवधिमा १ करोड २७ लाख असुली गर्दा सञ्चालन नोक्सानीमा रहेको लघुवित्त नाफामा पुगेको हो।

काभ्रेको बनेपा भैसेपाटीमा केन्द्रीय कार्यालय रहेको यो लघुवित्त हालसम्म नेप्सेमा भने सूचीकृत छैन।