बैंकिङ क्षेत्रको निक्षेप ६४ खर्ब नजिक, अधिक तरलता १ खर्ब २० अर्ब, सीडी रेसियो ७८.४८ प्रतिशत

0
Shares

बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धिको अनुपातमा ऋण प्रवाहमा वृद्धि हुन नसकेको देखिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार वाणिज्य बैंक तथा वित्तीय संस्थामा निक्षेप ६४ खर्ब नजिक पुग्दा कर्जा प्रवाह साढे ५१ खर्बममा सीमित भएको छ।

नेपाल राष्ट बैंकका अनुसार असार २३ गतेसम्म वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुमा ६३ खर्ब ९९ अर्ब निक्षेप पुगेको छ । सो अवधिसम्म वाणिज्य बैंकहरुमा ५६ खर्ब ७४ अर्ब निक्षेप संकलन भएको छ । त्यस्तै, अन्य विकास बैंक तथा फाइनान्स कम्पनीहरुमा भने ७ खर्ब २५ अर्ब निक्षे संकलन भएको देखिन्छ ।

तर, यसअवधिमा बैक तथा संस्थाहरुबाट ५१ खर्ब ५३ अर्बमात्रै कर्जा प्रवाह गरेका छन । सो अवधिसम्म वाणिज्य बैंकहरुले ४५ खर्ब ५८ अर्ब कर्जा प्रवाह गरेका छन भने अन्य विकास बैंक तथा फाइनान्स कम्पनीहरुले भने ५ खर्ब ९५ अर्ब कर्जा परिचालन गरेका छन।

बैंकिङ क्षेत्रमा निक्षेपको तुलनामा ऋण प्रवाहमा सुधार हुन नसक्दा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७८.४८ प्रतिशतमा झरेको छ । बैंकिङ प्रणालीमा लगातार निक्षेप थपिरहने तर कर्जा लगानी हुन नसक्दा बैंक तथा वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमाभन्दा तल आएको हो ।

नेपाल राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले सीडी रेसियो ९० प्रतिशतसम्म पुर्याएर कर्जा लगानी गर्न सक्ने व्यवस्था रहेको छ । तर, बैंकहरुको कर्जा लगानी बढ्न नसक्दा सीडी रेसियो राष्ट्र बैंकले तोकेको सीमा भन्दा धेरै कम छ ।

केन्द्रीय बैंकका अनुसार असार २५ गते मंगलबारसम्म वित्तीय प्रणालीमा एक खर्ब २० अर्ब ७४ करोड ६३ लाख अधिक तरलता रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।