नेपाल प्रेस सोसाइटी भक्तपुरद्वारा एसइई २०८० का उत्कृष्ट विद्यार्थी सम्मानित


नेपाल प्रेस सोसाइटी भक्तपुरले एसइई परीक्षा २०८० मा ४ जिपिए हासिल गर्ने भक्तपुरका विद्यार्थीहरूलाई विशेष सम्मान गरेको छ।  नेपाली कांग्रेस भक्तपुरका सभापति एवं भक्तपुर क्षेत्र नं २ बाट निर्वाचित संघीय सांसद दुलर्भ थापा, राष्टिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसदतर्फ संघीय सांसद सन्तोष परियार र बागमति प्रदेश सांसद किरण थापाले संयुक्त रुपमा उनीहरुलाई सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा कार्यक्रममा मोडर्न सेकेन्डरी स्कुलकी बुमिरा मकाजु, युनिटी इङ्ग्लिश स्कुलका, आशिश थापा क्षेत्री, मनोरम बोर्डिङ्ग सेकेण्डरी स्कुलका प्रनिशा बखुन्छे, हिमाल एकेडेमीका बिपना मिश्र, एसओएस हर्मन माइनर माध्यामिक विद्यालयका आर्यन न्यौपाने र मेधा माध्यामिक विद्यालयका अम्शुदिल प्रजापति रहेका थिए।

सम्मान कार्यक्रममा विद्यार्थीहरूको मेहनत र उत्कृष्ट नतिजाको प्रशंसा गर्दै प्रमुख अतिथि माननीय थापाले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरे। उनले विद्यार्थीहरूलाई देशको भविष्यको कर्णधार भन्दै निरन्तर मिहिनेत गर्न प्रेरित गरे।

सो अवसरमा अन्य विशेष अतिथि प्रतिनिधि सभा सदस्य सन्तोष परियार र बागमती प्रदेश सभा सदस्य किरण थापा ले विद्यार्थीहरूलाई बधाई दिँदै भक्तपुर आफैमा शिक्षाको हब भएकोले शिक्षा क्षेत्रमा लगानी र प्रोत्साहनको महत्वलाई जोड दिदैँ विद्यार्थीहरूको उपलब्धिको प्रशंसा गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाका अध्यक्ष जगत प्रजापति, सचिव संजिप शुभचिन्तक तथा विभिन्न विद्यालयका प्रिन्सिपल र अभिभावकहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्मानित विद्यार्थीहरूले आफ्नो मेहनतको फलस्वरूप पाएको यो सम्मानले आफूहरूलाई थप मिहिनेत गर्न प्रेरित गरेको र भविष्यमा पनि यस्तै उत्कृष्‍टता हासिल गर्न प्रतिबद्ध रहेको बताए।

नेपाल प्रेस सोसाइटीका उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय दुर्लभ थापाले पानसमा दीप प्रज्ज्वलित गरेर नेपाल प्रेस सोसाइटीको शुभारम्भ पनि गरिएको थियो । कार्यक्रमको उद्घोषण नेपाल प्रेस सोसाइटीका उपाध्यक्ष दिपेन्द्र केसीले गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।