नबिल बैंक र आईसिएफसि फाइनान्सले ऋणपत्र जारी गर्ने

0
Shares

नबिल बैंक लिमिटेड र आईसिएफसी फाइनान्सले दीर्घकालीन स्रोत संकलनका लागि ऋणपत्र जारी गर्ने भएका छन् । नबिल बैंकले ३ अर्ब तथा आईसिएफसी फाइनान्सले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएका हुन् ।

नेपाल धितोपत्र बोर्डका अनुसार नबिल बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरमा ३० लाख कित्ता ऋणपत्र बिक्री गर्न असार १४ गते निवेदन दिएको छ । बैंकले वार्षिक ८ प्रतिशत ब्याजदर दिनेगरी आठ वर्ष अवधिको ऋणपत्र बिक्री अनुमति मागेको हो ।

फाइनान्सले बिक्रीमा ल्याउने कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगततवरबाट बिक्री हुनेछ भने १२ लाख कित्ता सर्वसाधारणमा बिक्रीमा आउनेछन् । ऋणपत्र जारी गर्न बैंकले नेपाल एसबिआई बैंकिङ्ग लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।

यसैगरी आईसिएफसी फाइनान्सले पनि ३० कराड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र जारी गर्न असार १९ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । फाइनान्सले ७ वर्ष अवधिको उक्त ऋणपत्रका लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याजदर पाउनेछन् ।

फाइनान्सले बिक्रीमा ल्याउने कुल ३ लाख कित्ता ऋणपत्रमध्ये १ लाख ८० हजार कित्ता व्यक्तिगततवरबाट बिक्री हुनेछ भने १ लाख २० हजार कित्ता सर्वसाधारणमा बिक्रीमा आउनेछन् । कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।