सुन मूल्य बढ्दा आइतबार चाँदीको भने घट्यो

0
Shares

सुन मूल्य बढ्दा आइतबार चाँदीको भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ४०० रुपैयाँ बढेको छ भने चाँदीको भाउमा ५ रुपैयाँले गिरावट आएको छ।

माघ २६ गते आइतबारका लागि छापावाल सुन प्रतितोला ७६ हजार रुपैयाँ, तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ७०० रुपैयाँमा तथा चाँदी प्रतितोला ८८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

माघ २४ गते शुक्रबार सुन चाँदी दुबैको मूल्य बढेको छ। मूल्य वृद्धि पश्चात शुक्रबार छापावाल सुन प्रतितोला ७५ हजार २०० रुपैयाँ, तेजाबी सुन ७४ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला ८७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: २६ माघ २०७६, आइतबार  ११ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।