हुण्डाई फेस्टिभ डिलाइड २०८० का विजेता घोषणा


नेपालका लागि हुण्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल गत वर्ष सञ्चालन गरेको फेस्टिभ डिलाइटका विेता घोषणा गरेको छ । कम्पनीका अनुसार सो योजनाको बम्पर विजेताको घोषणा गरिएको हो ।

कम्पनीको आधिकारिक फेसबुक पेजबाट गरिएको विजेता घोणा अनुसार कुपन नम्बर ५३ भएका सुनसरीका इन्द्र प्रसाद गुरागाईले हुण्डाईको एक्स्टर कार जिेता छन् । उनले झपाको बिर्तामोडमा रहेको अलायन्स मोटर्स प्रालिबाट अफरमा सहभागी हुनेगरी सवारी साधन खरिद गरेका थिए ।

अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ६ लाख रुपैयाँसम्मको नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्पmत १ जना विजेतालाई हुन्डाई एक्स्टर जित्ने व्यवस्था गरेको थियो । बम्बर बाहेकका उपहारहरु यस अघि नै वितरण भईसकेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।