डिसहोमलाई इन्टरनेट सेवा विस्तार गर्न अनुमति

0
Shares

डिसहोमले नेपाल दूरसञ्चार प्राधिकरण्बाट इन्टरनेट सेवा विस्तार गर्न अनुमति पाएको छ । प्राधिकरणको शुक्रबार सम्पन्न बैठकले डिसहोमलाई इन्टरनेट सेवाको लाइसेन्स दिने निर्णय गरेको हो।

डिसहोमले प्राधिकरणमा सिम टीभी नामबाट इन्टरनेट सेवा विस्तार गर्न अनुमति मागेको ३ महिनापछि अनुमति पाएको हो। डिस मिडिया नेटवर्क अन्तर्गतको एक दशक अघिदेखि टेलिभिजन सेवा प्रवाह गर्दै आएको कम्पनीले अब इन्टरनेट सेवा पनि उपलब्भ गाराउनेछ।

डाइरेक्ट-टु-होम (डीटीएच) सेवा प्रदायक डिसहोमले इजराइली स्याटेलाइट कम्पनी स्पेस कमसँग यसअघि नै स्याटेलाइटमा आधारित इन्टरनेट सेवा शुरू गर्न सम्झौता समेत गरिसकेको छ।

उक्त इजराइली कम्पनीले यूरोप, अफ्रिका, मध्यपूर्व र एशियामा समेत स्याटेलाइट सेवा प्रदान गर्दै आएको छ।