नेशनल लघुवित्तले एफपीओ निष्कासन गर्ने, आरबिबि मर्चेन्ट बिक्री प्रबन्धक

0
Shares

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले फर्दर पब्लिक ईस्यु (एफपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तीय संस्थाले संस्थापक र सर्वसाधारणको सेयर पूँजीको अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्ने भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७९–८० को बोनस सेयर वितरणपश्चात् कायम हुने संस्थापक र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारण तर्फको ६ लाख ६९ हजार ९००।२७ कित्ता एफपीओ निष्कासन गर्न लागेको जनाएको छ ।

संस्थाले एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । सो सम्झौतापत्रमा नेशनल लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव र आरबिबि मर्चेन्ट बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।
संस्थाको २०८० चैत १६ गते सम्पन्न १० औं वार्षिक साधारणले एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।