साठी प्रतिशत हकप्रदका लागि दुई इन्स्योरेन्सको शेयरमूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सोमबार दुई इन्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ। नेप्सेले एनएलजी इन्स्योरेन्स र प्रुडेन्सियल इन्योरेन्सको शेयर मूल्य समायोजन गरेको हो ।

दु्वै कम्पनीको ६० प्रतिशत हकप्रदको लागि मूल्य समायोजन भएको हो। एनएलजीको समायोजित शेयरमूल्य ५६५ रुपैयाँ ६३ पैसा कायम भएको छ । भने प्रुडेन्सियलको ४६७ रुपैयाँ ५० पैसा कायम भएको छ ।

एनएलजीले धितोपत्र बोर्डबाट १०ः६ अनुपातमा ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद शेयर बिक्री गर्नेछ । हाल यसको चुक्ता पूँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ रहेको छ । हकप्रदपछि पूँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

प्रुडेन्सियल इन्स्योरेन्सले चुक्ता पूँजीको ६० प्रतिशत अर्थात १० बराबर ६ कित्ता शेयरको अनुपातमा ३८ करोड ४९ लाख रुपैयाँ बराबरको ३८ लाख ४९ हजार कित्ता हकप्रद शेयर बिक्री गर्नेछ । हकप्रद शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोके अनुसारकै १ अर्ब २ करोड पुग्नेछ।