चार हजार ६ सयले पाउने एफपीओमा साढे १६ लाखले दिए आवेदन

0
Shares

चार हजार ६७२ जनाले पाउने सूर्योदय वोमी लघुवित्तको थप र्साजनिक निष्कासन (एफपीओ) मा १६ लाख ५६ हजार ८२६ जनाले आवेदन दिएका छन् ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिन मंगलबार साँझ ५ बजेसम्ममा लघुवित्तको एफपीओमा १६ लाख ५६ हजार ८२६ ओटा आवेदनबाट २ करोड ३८ लाख ३७ हजार ९०० कित्ताको माग परेको हो ।

कम्पनीले साउन ४ गते शुक्रबारदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ४६ हजार ७२९ कित्ता एफपीओ सर्वसाधारणमा बिक्री खुला गर्दै दरखास्त आह्वान गरेको थियो । कम्पनीको एफपीओमा मागको तुलनामा ५१०.१३ गुणा बढी माग परेको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको एफपीओ ४ हजार ६७२ जनाले पाउनेछन् । जसमा ४ हजार ६६३ जनाले १० कित्ता र ९ जनाले ११ कित्ता हात पार्नेछन् ।

एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालले लघुवित्तलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।