उपकार लघुवित्तको खुद नाफा १ करोड

0
Shares

उपकार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। चुक्ता पूँजी ४ करोड २० लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ७ करोड ८५ लाख रुपैयाँ सञ्चित छ।

यस अवधिमा लघुवित्तले ६३ करोड ७ लाख निक्षेप संकलन तथा २८ करोड ९५ लाख रुपैयाँ सापटी लिएर १ अर्ब ३ करोड ४० लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

यस्तै ४ करोड ४७ लाख रुपैयाँ व्याज आम्दानी गरेको लघुवित्तले ५ करोड २० लाख सञ्चालन नाफा आर्जन गरेको छ।
लघुवित्तको खराव कर्जा अनुपात ३.१५ प्रतिशत रहेको छ।

बाँके कोहलपुरमा केन्द्रीय कार्यायल रहेको लघुवित्तले हाल सम्म सर्वसाधारणको लागि प्राथमिक शेयर निष्काशन गरेको छैन।