नेप्से ६४ अंकले बढ्यो, २१ अर्ब ९१ करोडको धितोपत्र किनबेच हुँदा नयाँ रेकर्ड

0
Shares

सेयर बजारमा ५४.२५ अंकले बढेको छ । कुल ८३ अंकको उतार–चढाव झेलेको बुधबारको बजारमा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँको कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको हो ।

यसअघि २०७८ साउन ३१ गते नेप्सेमा २१ अर्ब ६४ करोडका धितोपत्र खरिद बिक्री भएर रेकर्ड कायम भएको थियो । अघिल्लो दिन मंगलबार १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५४३ रुपैयाँ बराबरको धितोपत्र किनबेच भएको थियो । बुधबार ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता सेयर २ लाख ३८ हजार २७२ पटकमा कारोबार भएको हो ।

आज नेप्से उच्चतम २७९१.०२ अंकसम्म पुगेको थियो भने न्यूनतम २७०७.५७ बिन्दुसम्म झरेको थियो । फाइनान्स र लगानीमा उच्च आकर्षण देखिएको बजारमा कारोबारमा आएको सबै उपसमुहगत सूचकमा हरियाली छाएको छ । यसदिन ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स २.१९ प्रतिशत, फ्लोट २.२८ प्रतिशत र सेन्सेटिभ फ्लोट २.०५ प्रतिशतले बढेको छ ।

कारोबारमा आएका १३ ओटै उपसमूहगत सूचक बढेका छन् । फाइनान्स सर्वाधिक ८.०८ प्रतिशत बढेको छ भने लगानी ६.८९ प्रतिशत, अन्य ३.९९ प्रतिशत, विकास बैंक ३.२१ प्रतिशत, होटल तथा पर्यटनमुलक २.९६ प्रतिशत, ब्यापार २.७६, हाइड्रोपावर २.११ प्रतिशत र जीवन बीमा इन्डेक्स २.१० प्रतिशतले बढेको छ । निर्जीवन बीमा, उत्पादन तथा प्रशोधनमुलक, बैंकिङ्ग र म्युचुअल फन्डको सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज हिमालयन रि इन्स्योरेन्सको मंगलबार सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८४ करोड ४९ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भयो । माउन्टेन इनर्जी लिमिटेडको ४१ करोड ९ लाख, शिवम् सिमेन्ट ४० करोड २६ लाख, नेपाल फाइनान्सको ३८ करोड ९४ लाख रुपैयाँ र अपि पावरको ३७ करोड ८२ लाख, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३० करोड २१ लाख, नागरिक लगानी कोष २९ करोड ८० लाख, अरुण भ्याली हाइड्रोपावरको २९ करोड ६३ लाख, एनआरएन इन्फ्रास्टक्चर २८ करोड ६४ लाख र सिईडिबी हाइड्रोपावरको २७ करोड ८८ लाख रुपैयाँ बराबरको धितोपत्र किनबेच भएको छ ।

दश कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

कारोबार रकमका आधारमा बुधबार नयाँ रेकर्ड कायम हुँदा दश कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया, कुथेली बुखरी स्मल हाइड्रोपावर, नेपाल वेयरहाउजिङ्ग कम्पनी र प्रोग्रेशिभ फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यसैगरी ओरियन्टल होटल, समृद्धि फाइनान्स, मल्टिपर्पस फाइनान्स, फस्ट माइक्रोफाइनान्स, गुहेश्वरी मर्चेन्ट, पोखरा फाइनान्स, महालक्ष्मी विकास बैंक, बेष्ट फाइनान्स, नेपाल फाइनान्स, एचआईडिसीएल, र सिंगटी हाइड्रोपावर गरी थप ११ ओटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

सिभिल बैंक डिबेञ्चर २०८८ का लगानीकर्ताले सर्वाधिक गुमाए

बुधबारको बजारबाट सिभिल बैंक डिबेञ्चर २०८८ का लगानीकर्ताले सर्वाधिक ७.९२ प्रतिशतले गुमाएका छन् । यस्तै आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ६.५२ प्रतिशत, उपकार लघुवित्तको ५ प्रतिशत, एशियन हाइड्रोपावर ७.०४ प्रतिशत, १०.५०% एसबिएल डिबेञ्चर २०८२ को मूल्य ३.९३ प्रतिशतले घटेको छ ।

बुधबारको कारोबारपछि कुल बजार पुँजीकरण ४३ खर्ब ८० अर्ब ७७ करोड ११ लाख रुपैयाँ कायम भएको छ । हिजो मंगलबार ४२ खर्ब ७८ अर्ब ७९ करोड ७७ लाख रुपैयाँ थियो । बुधबार मात्रै १ खर्ब १ अर्ब ९७ करोड ३४ लाख रुपैयाँले बजार पुँजीकरण बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।