सरकार तानाशाही व्यवस्थामा विश्वास गर्दैन: प्रधानमन्त्री ओली

0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तानाशाही व्यवस्थामा विश्वास नगर्ने बताएका छन् ।

निकासी प्रवर्द्धन केन्द्रले आयोजना गरेको व्यवसायी सम्मान कार्यक्रममा सम्बोधन गर्दै उनले सरकार सुशासन र समृद्धिको बाटोमा अघि बढेको बताए ।

निजी क्षेत्रसंग सुशासन कायम गर्ने मामलामा केही बिबाद रहे पनि सरकार निजी क्षेत्रलाई पेल्ने र बाँध्ने जस्तो तानाशाही व्यवस्था मा विश्वासको गर्दैन प्रधानमन्त्री ओलीले भने ।

उत्पादन र उद्यमशिलता विकास गर्दै राज्यलाई योगदान गर्नुस सरकार सदैब सहयोग गर्न तयार छ । राजनीतिक परिवर्तन पछि अब आर्थिक विकास र सुशासनको लागि कानुन निर्माण गर्न सरकार लागि परेको छ । यसका लागि सबै क्षेत्रको सहयोग जरुरी छ प्रधानमन्त्री ओलीले भने ।

‘सुशासनका विषयमा निजी क्षेत्र सरकार बीच अन्तर बिरोध देखिएको छ यो ठूलो समस्या होईन । सरकार र उद्योगी व्यावसायी एक ठाउँमा उभिएर अघि बढ्नु पर्छ । सबै क्षेत्रमा निर्यातको सम्भावना छ, उत्पादनमा जोड दिनुस, आयत प्रतिस्थापनमा जोड दिनुस् । कानुनी अप्ठ्यारो व्यवसायी आफैले कानुन ड्राफ्ट गर्नुस छलफल गरौं।’ उनले भने ।