नेपाल फाइनान्सको नाफा घट्यो, वितरणयोग्य मुनाफा २२ करोड बढी ऋणात्मक


नेपाल फाइनान्सको नाफा १०.०१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष (२०८०\८१)को अन्त्यसम्ममा फाइनान्सले १ करोड ८१ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्ष फाइनान्सले २ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। ७२ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको वितरणयोग्य मुनाफा २० करोड ८२ लाख २९ हजार रुपैयाँ ऋणात्मक रहेको छ।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १९.८६ प्रतिशत बढेर ११ करोड ७ लाख ५५ हजार रुपैयाँ पुगेको खुद फि तथा कमिशन आम्दानी ७७.९२ प्रतिशतले बढेर १ करोड २७ लाख ८२ हजार रुपैयाँ पुगेको छ।

त्यस्तै, फाइनान्सको कुल सञ्चालन आम्दानी ३४.९२ प्रतिशत र सञ्चालन मुनाफा १०.०३ प्रतिशत बढेको छ। नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी २९ पैसा घटेर २ रुपैयाँ ४८ पैसामा झरेको छ।

असार मसान्तसम्ममा त्यस्तै, फाइनान्सको प्रतिशेयर नटेवर्थ १३७ रुपैयाँ ५२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३६०.१५ गुणा रहेको छ। समीक्षा अवधिमा फाइनान्सको निष्क्रिय कर्जा १२.१६ प्रतिशतबाट घटेर ९.११ प्रतिशतमा झरेको छ।

फाइनान्सको जगेडा कोषमा २७ करोड ३८ लाख ७१ हजार रुपैयाँ सञ्चित छ गत आर्थिक वर्षको अन्त्यसम्ममा फाइनान्सले २ अर्ब ५५ करोड ४५ लाख ५ हजार रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब १ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।