सानिमा माई हाइड्रोपावरको नाफा पौने २९ करोड

0
Shares

सानिमा माई हाइड्रोपावर (SHPC) ले चालु आर्थिक वर्षको ६ महिना अवधिमा २८ करोड ७९ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत पुस मसान्तसम्ममा २२ करोड ९६ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको नाफा समीक्षा अवधिमा २५.३६ प्रतिशतले सुधारिएको हो।

विद्युत बिक्री आय र अन्य आम्दानीमा समेत सुधार आउँदा हाइड्रोपावरको नाफा २५ प्रतिशतले सुधारिएको हो। हाइड्रोपावरले अन्य आम्दानीबाटै ४ लाख ३६ हजार रुपैयाँ कमाई गरेको छ।

गत आवको ६ महिना अवधिमा ४७ करोड ४७ लाख ८३ हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको यस कम्पनीले ५२ करोड ७६ लाख ७८ हजार रुपैयाँ पुर्याएको हो।

चुक्ता पूँजी २ अर्ब ३२ करोड १० लाख रुपैयाँ रहको हाइड्रोपावरको वार्षिक प्रतिशेयर आम्दानी २४.८० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १३५.५० रुपैयाँ कायम भएको छ। क्रम्पनीको शेयरधनी कोष लगानीकर्तालाई बाड्न मिल्ने रकम ३६ करोड ३८ लाखबाट बढेर ८२ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।