अजोड इन्स्योरेन्सले ३० करोडको आईपीओ जारी गर्ने, बोर्डमा आवेदन

0
Shares

अजोड इन्स्योरेन्सले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन गरेको छ।

कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्ने अनुमति मागेको छ । कम्पनीको चुक्ता पूँजी ७० करोड छ। आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी १ अर्ब रुपैयाँ पुग्ने छ।

अजोड इन्स्योरेन्सले आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषत भन्दा तल रहेको देखाउँछ ।

अजोड इन्स्योरेन्सले निष्काशन गर्न लागेको आईपीओको प्रत्याभुत ग्लोबल आइएमई क्यापिटल तथा कुमारी क्यापिटलले गर्ने भएका छन् । त्यस्तै एनआईबिएल एस क्यापिटल लिमिटेड कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ।

गत पुस ११ गते सम्पन्न कम्पनीको दोस्रो बार्षिक साधारणसभाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो।

अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ। जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ८७ प्रतिशत बढी हो।

कम्पनीले पुस मसान्तसम्म ४० करोड ६५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। जसको जगेडाकोषमा २ करोड ७९ लाख रुपैयाँ, बीमा कोषमा ४ करोड २१ लाख तथा महा विपत्तीकोषमा ५१ लाख छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३१ पैसा, प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ७६ पैसा छ।