ओरियण्टल होटल्सको नाफामा ह्रास

0
Shares

ओरियण्टल होटल्स (OHL) को आम्दानी ६ करोड १३ लाख ६८ हजार रुपैयाँले घटेपछि कम्पनीको नाफा २४.३२ प्रतिशत अर्थात ३ करोड २५ लाख ९१ हजार रुपैयाँले घटेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा होटल्सले १० करोड १४ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको यसै अवधिमा होटलले १३ करोड ३९ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

चालु आवको ६ महिना अवधिमा लाजिम्पाट काठमाडौंमा रहेर्को याडिसन होटलको सञ्चालन गरेर ५० करोड ७९ लाख ६१ हजारमा झरेको छ। गत आवको यसै अवधिमा कम्पनीले ५६ करोड ९३ लाख २९ हजार नाफा कमाएको थियो। पछिल्लो समय नयाँ होटलहरुले प्रतिस्पर्धी मूल्यमा सेवा उपलब्ध गराउन थालेपछि पुराना होटलको नाफा प्रभावित बनेको हो।

चुक्ता पूँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार रुपैयाँ रहेको होटलको वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ९८ पैसा रहेको छ । यस अवधिमा होटलले जगेडा कोषमा एक अर्ब १० करोड ३८ लाख रुपैयाँ सञ्चित गरेको छ।

यस अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर नेटवर्थ १९७.६६ रुपैयाँ र वार्षिक मूल्य आम्दानी अनुपात २५.२५ गुणा छ।