भारतीय शेयर बजारमा सुधार

0
Shares

भारतीय शेयर बजारमा मंगलबार सुधार आएको छ । नयाँ दिल्ली विधान सभाको चुनावी नतिजाले समग्र शेयर बजारमा सकारात्मक प्रभाव परेको हो ।

दिल्लीमा आम आदमी पार्टीले सरकार बनाएपछि शेयर बजार वढ्न थालेको हो । सोमबार उच्च अंकले घटेको भारतीय शेयर बजार मंगलबार बढेको हो ।

भारत सरकारले बजेट ल्याउँदाको दिन पछिल्लो दश वर्ष यताकै उच्च अंकले घटेको शेयर बजारमा क्रमिक सुधारको गतिमा देखिएको थियो । तर, भारतीय शेयर बजारमा कारोबार हुने साताको दोस्रो दिन मंगलबार सेन्सेक्स २३६ र निफ्टी ६६ अंकले बढेको छ ।

सोमबार बम्बे स्टक एक्सचेन्ज(विएससी) परिसूचक सेन्सेक्स १६२ र नेशनल स्टक एक्सचेन्ज परिसुचक निफ्टी ६६ अंकले घटेका थिए ।
तर, मंगलबार आएको भारतीय सेयर बजारको सुधारले सेन्सेक्स ४१२१६ र निफ्टी १२१०७ अंकमा पुगेका छन ।

मंगलबार कारोबार सुरु हुदाँ सुधारको गतिमा देखिएको सेन्सेक्स ४०४ अंक सम्मले वढेको थियो । त्यसैगरी निफ्टी पनि १२५ अंकसम्मले वढेको भएपनि बन्द हुँदा सुधारको गतिमा केही सुस्त भएको थियो ।