कनेक्ट आइपीएसबाट टिकटको शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक र छुट अफर


यस चाडपर्वको समयलाई लक्षित गर्दै फ्लाइट तथा बस टिकटको शुल्क भुक्तानी कनेक्ट आइपीएसबाट गर्दा आकर्षक “शुभ लाभ अफर” सार्वजनिक भएको छ ।

जस अन्तर्गत विभिन्न एयरलाइन्सको फ्लाइट तथा बस सेवाको टिकटको भुक्तानी कनेक्ट आएइपीएस मार्फत गर्दा आकर्षक क्यासब्याक तथा छुट पाउन सकिन्छ । क्यासब्याक अफर बुद्ध एयर, श्री एयरलाइन्स।, यति एयरलाइन्स र बस सेवा ट्राभल एण्ड टुरको टिकट भुक्तानीमा उपलब्ध रहेको छ ।

बुद्ध एयरको फ्लाइट खरिद गरेर कनेक्टआइपीएसबाट भुक्तानी गर्दा ग्राहकहरुले १०१ रुपैयाँ  क्यासब्याक पाउन सक्नेछन् । त्यस्तै श्री एयरलाइन्सको फ्लाइट टिकटको भुक्तानी कनेक्टआइपीएसबाट गर्दा ५०१ रुपैयाँ  क्यासब्याक प्राप्त गर्न सकिन्छ । साथै यति एयरलाइन्सको फ्लाइट टिकट भुक्तानीमा “YTCIPS” प्रोमो कोड प्रयोग गरेर २५० रुपैयाँ  एयरलाइन्सको छुट संगै २५१ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिन्छ । त्यस्तै बस सेवाबाट टिकट काटेर कनेक्टआइपीएस मार्फत भुक्तानी गर्ने पहिलो १००० ग्राहकहरुले ५१ रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् ।

यी सम्पूर्ण अफरहरुमा प्रति बैंक खातामा एक पटक मात्र क्यासब्याक प्राप्त हुनेछ भने सो अफर असोज ५ गतेदेखि असोज १६ गतेसम्म उपलब्ध हुनेछ । कनेक्ट आइपीएस बैंकका ग्राहकहरुका लागि फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक प्रमुख तथा सजिलो माध्यम हो । कनेक्ट आइपीएस को नेटवर्कमा ५२ वटा बैंक तथा वित्तीय संस्थाहरु रहेका छन् जसबाट ग्राहकहरुले वेब मार्फत प्रति कारोबार २० रुपैयाँ लाख सम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको विभिन्न भुक्तानी गर्न सकिन्छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।