सम्पत्ति विवरण बुझाउन सतर्कता केन्द्रको निर्देशन

0
Shares

राष्ट्रिय सतर्कता केन्द्रले पाँच दिन भित्र सम्पत्ति विवरण बुझाउन विभिन्न मन्त्रालय अन्तर्गतका आधा दर्जन कार्यालयहरूमा पत्रचार गरेको छ ।

केन्द्रले विभिन्न ती कार्यालयहरूमा कार्यरत निजामती बाहेकका पदाधिकारी तथा कर्मचारीहरूको विवरण माग गरेको हो। साथै केन्द्रले ०७५/०७६ को सम्पत्ति विवरण तोकिएको समयमा नबुझाउनेहरूको समेत विवरण मागेको छ ।

सतर्कता केन्द्रल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, खानेपानी मन्त्रालय, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र उद्योग विभागलाई पत्र पठाएको छ ।

केन्द्रले यसअघि दुई पटकसम्म विवरण पठाउन पत्राचार गरेको भए पनि पूर्ण विवरण नपठाएको भन्दै पाँच दिने पत्र काटेको हो ।

प्रकाशित मिति: २९ माघ २०७६, बुधबार  १२ : २१ बजे