लुम्बिनी जनरल इन्स्यारेन्सको ६ महिनको नाफा ७ करोड ७२ लाख, दाबी भुक्तानी बढ्यो

0
Shares

लुम्बिनी जनरल इन्स्यारेन्स (LGIL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७ करोड ७२ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले ७ करोड ६७ लाख खुद मुनाफा आर्जन गरेको कम्पनीले ५ लाख रुपैयाँले नाफा बढाएको हो।

चुक्ता पूँजी ८८ करोड रुपैयाँ कम्पनीले पुस मसान्तसम्ममा वार्षिक प्रतिशेयर आम्दानी १७.५५ रुपैयाँ रहेको छ । जगेडा कोषमा २६ करोड ९८ लाख रुपैयाँ सञ्चित रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २०२.७९ रुपैयाँ रहेको छ। कम्पनीले महाविपत्ती जगेडा कोषमा ५ करोड ३८ लाख रुपैयाँ छुटाएको छ ।

वित्तीय प्रतिवेदन अनुसार कम्पनीले ३१ करोड ३७ लाख रुपैयाँ खुद बीमा शुल्क र ६१ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। समीक्षा अवधिमा कम्पनीले खुद बीमा शुल्क १४.८२ प्रतिशतले घटेको हो भने कूल बीमा शुल्क १.२९ प्रतिशतले मात्र बढाएको हो।

यस अवधिसम्ममा कम्पनीले २ अर्ब १ करोड १२ लाख अल्पकालीन लगानी तथा कर्जा र १९ करोड ५१ लाख दीर्घकालीन लगानी तथा कर्जा प्रवाह गरेको छ । यसबाट कम्पनीले ३ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ ।
आज प्रकाशित वित्तिय विवरणमा कम्पनीले ६२ हजार ५८३ वटा बीमालेख जारी गरेकोमा ७ हजार ४७० वटा बीमालेख मात्र नवीकरण गरिएका छन्।

पुस मसान्तसम्ममा कम्पनीले २ हजार ७७४ वटा दाबी बापत ३९ करोड ३३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार ९२ वटा दाबीमा परेको ५७ करोड ८३ लाख भुक्तानी हुन बाँकी रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको दाबी भुक्तानी संख्या र रकम दुबै बढेका छन्।