प्रुडेन्सियल इन्स्यारेन्सको बीमाशुल्क र नाफा दुबै घट्यो

0
Shares

प्रुडेन्सियल इन्स्योरेन्स (PICL) को चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा गत आवको यसै अवधिको तुलनामा खुद नाफा र बीमाशुल्क दुबै घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

पुस मसान्तसम्म कम्पनीको खुद नाफा ४४ लाख २८ हजार रुपैयाँले घटेर ६ करोड ३९ लाख रुपैयाँमा झरेको छ। गत आवको यसै अवधिमा कम्पनीले ६ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस्तै कम्पनीको खुद बीमाशुल्क २३ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ५.४ प्रतिशत अर्थात १ करोड ३५ लाख रुपैयाँ कम हो। वित्तीय प्रतिवेदन अनुसार कम्पनीले ५९ करोड ९८ लाख ७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। समीक्षा अवधिमा कम्पनीको कूल बीमा शुल्क ७.५६ प्रतिशतले घटेको हो।

यस अवधिसम्ममा कम्पनीले १ अर्ब ३३ करोड ९५ लाख अल्पकालीन लगानी तथा कर्जा र ४१ करोड ४० लाख ४६ हजार दीर्घकालीन लगानी तथा कर्जा प्रवाहबाट कम्पनीले २ करोड ७८ लाख ४९ हजार रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १९.९४ रुपैयाँ रहेको छ । इन्स्योरेन्सको जगेडा कोषमा २१ करोड ७० लाख रुपैयाँ कायम रहँदा प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ ७० पैसा र मूल्य आम्दानी अनुपात २७.४८ गुणा कायम भएको छ।

यस्तै बीमा कोष ४३ करोड ९८ लाखबाट बढेर ४९ करोड ९४ लाख रुपैयाँ सञ्चित हुँदा महाविपत्ती कोषमा ४ करोड ५० लाख रुपैयाँ सञ्चित छ।
आज प्रकाशित वित्तिय विवरणमा कम्पनीले ५९ हजार १४२ वटा बीमालेख जारी गरेकोमा १२ हजार ५०० वटा बीमालेख नवीकरण गरिएका छन्।

पुस मसान्तसम्ममा कम्पनीले २ हजार ७१३ वटा दाबी बापत ४५ करोड १२ लाख ९४ हजार रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार १३९ वटा दाबीमा परेको ४८ करोड ५२ लाख ४५ हजार भुक्तानी हुन बाँकी रहेको छ।