‘नागरिक स्टक डिलर’ कम्पनी दर्ता, सर्वसाधारणलाई डेढ अर्बको शेयर

0
Shares

नागरिक लगानी कोष (CIT) ले सर्वसाधारणको समेत स्वामित्व रहनेगरी स्टक डिलर कम्पनी दर्ता गरेको छ ।

कोषले बुधबार (माघ २९ गते) ५ अर्ब चुक्ता पूँजीको ’नागरिक स्टक डिलर’ कम्पनी दर्ता गराएको हो ।

कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ, चुक्ता पूँजी ५ अर्ब रुपैयाँ राखिएको छ ।

चार वटा कम्पनीको लगानीमा खोलिएको उक्त कम्पनीमा नागरिक लगानीकोषको ५१ प्रतिशत शेयर स्मामित्व रहेको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल दुरसञ्चार कम्पनी (एनटीसी)को ९ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर रहने छ ।

कम्पनीमा कोषको दुई अर्व ५५ करोड रुपैयाँ लगानी हुनेछ भने टेलिकमले ५० करोड, पुर्नबीमा कम्पनीको ४५ करोड र एक अर्ब ५० करोड सर्वसाधारणको लगानी रहने कम्पनीले जनाएको छ ।

शेयर बजारमा ठूलो घटबढ हुन नदिन स्टक डिलर स्थापना गरिएको हो । यो कम्पनीले शेयर बजामा १५ अर्ब बराबर रकम लगानी गर्ने योजना बनाएको छ । कम्पनीले आफ्नो ५ अर्ब रुपैयाँ र बजारबाट बास्केट फण्डको रुपमा उठाएको १० अर्ब रुपैयाँ लगानी गर्ने योजना अघि सारेको छ।

नेपाल धितोपत्र बोर्डले नियमावली संशोधन गराएर कोषलाई स्टक डिलरको रुपमा का मगर्ने बाटो खोलिदिएपछि कोषले कम्पनी दर्ता गराएको हो ।