एसबिआई बैंकको ४० लाख कित्ता बोनस सेयर सूचिकृत


नेपला एसबिआई बैंकले गत आर्थिक वर्षको नाफावाट सेयर धनीलाइ वितरण सेयर बोनस सेयर धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि सुचिकृत भएको छ ।

बैंकको ४० लाख २३ हजार ४ सय ५२ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सुचिकृत भएको छ । सो बोनस सेयर सहित नेप्सेमा बैंकको कुल ८ करोड ४ लाख ६९ हजार ५३ कित्ता सेयर सुचिकत छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक अर्ब ६० करोड रुपैयाँ खुद नाफा गरेको छ ।