एनआईसी एशिया बैंकले ठूलो परिमाणमा सूर्या लाईफको संस्थापक शेयरको बिक्री खोल्यो

0
Shares

एनआईसी एशिया बैंकले सूर्या लाइफ इन्स्योरेन्सको ५५ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।  बैंकले आफ्नो स्वामित्वमा रहेको उक्त परिमाणको शेयर एक साताको समयावधि दिएर लिलामी बिक्री खुला गरेको हो।

बैंक सञ्चालक समितिको निर्णयअनुसार सो इन्स्योरेन्सको शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम प्रतिकित्ता २५० रुपैयाँ वा सो भन्दा बढी बढाबढ मूल्यमा बोलपत्र पेश गर्न सक्नेछन्।

बोलपत्र एनआईसी एशिया क्यापिटल बबरमहल, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय थापाथली र कमलादी तथा शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, घनगढी, र सुर्खेतबाट पशे गर्न सकिनेछ।

बोलपत्र पेश गर्ने अन्तिम दिन फागुन १३ गते मंगलबारसम्म रहेको छ । सूर्या लाइफ इन्स्योरेन्स (SLICLP) को संस्थापक शेयर अन्तिम पटक १५६ रुपैयाँमा कारोबार भएको छ । बैंकले आह्वान गरेको न्यूनतम मूल्य पछिल्लो समय कारोबार भएको मूल्यको हिसाब ९४ रुपैयाँ बढी हो।

कम्पनीको साधारण शेयर फागुन ४ गते प्रतिकित्ता ५०० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति: ५ फागुन २०७६, सोमबार  ०८ : ३९ बजे