राष्ट्र बैंकले सोमबार दुई अर्बको आन्तरिक ऋण उठाउँदै

0
Shares

सरकारलाई आवश्यक पर्ने विकास खर्चका लागि नेपाल राष्ट्र बैंकले फागुन ५ गते सोमबार (आज) दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री खुला गरेको छ ।

केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो। बैंकले एक सूचना मार्फत ९१ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ ।

फागुन ६ गते मंगलबार जारी हुने उक्त ट्रेजरी बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ। बैंकले यसअघि माघ २७ गते १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो। यसमा ३.९८०० डिस्काउन्टदर निर्धारण भएको थियो।