नबिल इन्भेष्टले फागुन मसान्तसम्म डिम्याट नवीकरण नगर्ने ग्राहकको खाता रोक्का गर्ने

0
Shares

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले फागुन मसान्तसम्म हितग्राही (डिम्याट) नवीकरण नगर्ने ग्राहकको खाता रोक्का गर्ने भएको छ।  कम्पनीले आफ्नो संस्थामा डिम्याट खाता खोल्ने ग्राहकहरुलाई पटक पटक इमेल, एसएमएस तथा सार्वजनिक सूचना मार्फत डिम्याट खाता सञ्चालनको वार्षिक शुल्क तिर्न सूचना जारी गरेपनि नतिरेपछि कम्पनी खाता नै रोक्का गर्ने अवस्थामा पुगेको हो।

कम्पनीले चैत १ गतेदेखि खाता नवीकरण नबुझाउने ग्राहकहरुको खाता रोक्का हुने जनाउँदै यसपश्चात खाता रोक्का भएका लगानीकर्ताको शेयर बिक्री गर्दा राफसाफ तथा फस्र्यौट नहुने तथा सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन गर्न समेत समस्या हुने स्पष्ट पारेको छ।

केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) ले हरेक आर्थिक वर्षमा हितग्राही (डिम्याट) खाता संचालन गरे बापतको नवीकरण शुल्क नबुझाउने लगानीकर्ताको कारोबारमा रोक लगाउनसक्ने अधिकार निक्षेप सदस्यलाई दिएको हुन्छ। सो अनुसार वार्षिक १०० रुपैयाँ शुल्क नबुझाउने लगानीकर्ताको खाता रोक्का गर्नसक्ने अधिकार सम्बन्धित कम्पनीलाई रहेको हुन्छ। यस्तै मेरो शेयर प्रयोगकर्ताले वार्षिक थप ५० रुपैयाँ तिर्नुपर्ने हुन्छ।

पछिल्लो समय इसेवा तथा खल्ति एपबाट समेत आफ्नो डिम्याट खाता तथा मेरो शेयरको नवीकरण शुल्क तिर्न सकिन्छ।