मर्जर प्राप्तीका कारण १४० संस्थाको अस्तित्व समाप्त

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा मर्जर तथा प्राप्तीको नीति अंगिकार गरेपछि हालसम्म १४० बैंक तथा व्त्तिीय संस्थाको अस्तित्व खारेज भएको छ।

केन्द्रीय बैंकका अनुसार २०७६ पुस मसान्तसम्ममा कूल १८५ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १४० संस्थाको इजाजत खारेज भई कुल ४५ संस्था मात्र कायम रहेको हो।

देशको आवश्यकता र वित्तीय पहुँचको हिसाबले यसअघि इजाजत बाँडेको केन्द्रीय बैंकले संख्यात्मक भन्दा गुणात्मकतामा जोड दिन भन्दै बैंक तथा वित्तीय संस्था हरुमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएको थियो।

सो पश्चात पछिल्ला दिनमा समेत एक दर्जन बढी लघुवित्त संस्था मर्जर प्रकृयामा रहेका छन् भने तीन वटा विकास बैंक वाणिज्य बैंकसँग प्राप्ती प्रकृयामा रहेका छन्।