गरिमा भनेर कमसल बिउ बेच्ने १५ फर्मलाई ३१ लाख जरिवाना

0
Shares

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरिमा धानको बिउ आयातकर्ता सनराईज एग्रिकल्चर रिर्सच प्रालिलाई ३ लाख र बिक्री गर्ने अन्य १४ बिक्रीकर्तालाई २ लाख रुपैयाँका दरले कूल ३१ लाख रुपैयाँ जरिवाना गरेको छ ।

किसानले दिएको उजुरी र विज्ञहरुले गरेको प्रमाणका कागजका आधारमा कृषि तथा पशुपन्छि विकास मन्त्रालयबाट प्राप्त फाइल अध्ययनका आधारमा जरिवाना गरिएको हो।

विभागका महानिर्देशक नेत्र सुवेदीले उपभोक्ता संरक्षण ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरि गरिमा धानको बिउ हो भनि कमसल धानको बिउ आयातकर्ता र आयाताकर्ताबाट खरीद गरि किसानहरुलाई बिउ बिक्री गर्ने बिक्रेताहरुलाई कारवाही गरेको जानकारी दिए।

विभागले गरिमा धान भनि कमसल बिउ आयात गर्ने लमही नगरपालिका वडा नम्बर ३ स्थित सनराईज एग्रिकल्चर रिर्सच प्रालिलाई ३ लाख र अन्य १४ बिक्रीकर्ता फर्मलाई २ लाख रुपैयाँका दरले जरिवाना लगाएको हो।

यसैगरि कारोबार स्थानमा खरीद बिल नराखेको भन्दै विभागले सोलु भेट सेन्टर वर्दियालाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ ‘घ’ को कसुरमा दफा ३९, १ ‘क’ ले दिएको अधिकार प्रयोग गरि २० हजार रुपैयाँ जरिवाना गरेको हो।

वाणिज्य विभागको कारवाहीमा पर्ने फर्महरुको सूची यस्तो :-

 

प्रकाशित मिति: ५ फागुन २०७६, सोमबार  १४ : ०२ बजे