नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड (NADEP) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १२३.७१ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ।
गत आवको यसै अवधिमा १ करोड ४२ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा १ करोड ७६ लाख रुपैयाँले बढाएर ३ करोड १९ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको हो।
लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.४५ बिन्दुले बढेर ४.७९ प्रतिशत पुगेको छ। गत आवको यसै अवधिमा यस्तो अनुपात ४.३४ प्रतिशत रहेको छ।
चुक्ता पूँजी ३६ करोड ८० लाख रुपैयाँ रहेको यस लघुवित्तको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३५ पैसा रहेको छ। समीक्षा अवधिमा लघुवित्तको पूँजी २० करोड ८० लाख रुपैयाँलेृ वृद्धि गर्दा प्रतिशेयर आम्दानी रुपैयाँले ४९ पैसाले घटेको हो। पूँजी वृद्धिका बाबजुत लघुवित्तको प्रतिशेयर आम्दानी कायम हुनलाई सकारात्मक रुपमा लिन सकिन्छ।
जगेडा कोषमा २१ करोड ६२ लाख रुपैयाँ सञ्चित गरेको लघुवित्तको प्रतिशेयर आम्दानी १५८.७८ रुपैयाँ रहेको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात ३५.१० गुणा रहेको छ।
पुस मसान्तसम्ममा लघुवित्तले १ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ४९ करोड रुपैयाँ सापटी लिएर ४ अर्ब १४ करोड कर्जा लगानी गरेको छ। यसबाट लघुवित्तको खुद ब्याज आम्दानी १४ करोड ८० हजार भएको छ। लघुवित्तको सञ्चालन नाफा ४ करोड ७९ लाख रुपैयाँ छ।
सम्भावित जोखिम बापतको व्यवस्थामा रकम १ करोड ५६ लाख रुपैयाँ कम व्यवस्था गर्दा पनि नाफा बढेको हो। गत आवको यसै अवधिमा ३ करोड ३३ लाख रुपैयाँ सम्भावित जोखिम व्यवस्था गरेको कम्पनीलेहाल १ करोड ७६ लाख रुपैयाँ मात्र छुट्याएको छ।










प्रतिक्रिया