शेयर बजारमा बुलिस क्रम जारी रहँदा फागुनको पछिल्लो ४ कारोबार दिनमा लगानीकर्ताको सम्पत्ति ६९ अर्ब १४ करोड ३ लाख रुपैयाँले बढेको छ। यस्तै नेप्सेमा सर्वसाधारण लगानीकर्ताको मात्र सम्पत्ति मापन गर्ने फ्लोट पूँजीकरण २४ अर्ब ८० करोड रुपैयाँ बढेर ६ खर्ब ५१ अर्ब ४ करोड पुगेको छ।
शेयर बजारमा नेप्से बढेसँगै सूचीकृत कम्पनीको भाउ बढ्दा लगानीकर्ताको सम्पत्तिमा पनि वृद्धि भएको हो। फागुन ६ गते मंगलबार शेयर बजारको कूल बजार पूँजीकरण १७ खर्ब ८६ अर्ब ६३ करोड ८७ लाख रुपैयाँ पुगेको छ।
शेयर लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण १७ खर्ब १७ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ रहेको थियो। जसमा सर्वसाधारण लगानीकर्ताको मात्र सम्पत्ति मापन गर्ने फ्लोट पूँजीकरण ६ खर्ब २६ अर्ब २४ करोड पुगेको छ।
प्रतिक्रिया