बीमा समितिद्धारा दम्पत्ति बीमालेखमा रोक,एउटैबाट दुबैले सुविधा नपाउने

0
Shares

बीमा समितिले एउटै बीमालेखबाट श्रीमान र श्रीमती दुबैको बीमा सुरक्षा हुने बीमालेखहरु जारी गर्न बीमा कम्पनीहरुलाई रोक लगाएको छ। बीमा समितिले बुधबार एक निर्देशन जारी गर्दै जीबन बीमा कम्पनीहरुलाई सो निर्देशन दिएको हो।

समितिको दिएको यो निर्देशनसँगै अब एउटै बीमालेखबाट श्रीमान र श्रीमती पाउने बीमा सुविधामा रोक लागेको छ। यससँगै जारी भएका दम्पत्ति बीमालेखमा पनि अब श्रीमान् वा श्रीमती मध्ये एकको मात्र सुरक्षण लाभ समावेश हुनेछ।

समितिबाट पूर्व स्वीकृति लिएको तथा स्वीकृतिका लागि पेश हुने जीवन बीमालेखहरुमा पति पत्नीको सुरक्षण लाभ समावेश नगर्न परिपत्र जारी गरेको हो।

पछिल्लो समय बीमा कम्पनीहरुले एउटै बीमा लेख मार्फत दम्पत्तिलाई सुरक्षण गर्ने खालका पोलेसीहरुमा प्रतिप्रर्धात्मक रुपमा बिक्री गर्दै आइरहेका थिए। दम्पत्ति बीमालेखमा दुरुपयोग बढेको भन्दै समितिले कडाई गरेको हो।