अपि पावर कम्पनीको खुद नाफा ९२ प्रतिशतले बढ्यो

0
Shares

अपि पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ३२ लाख खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको खुद मुनाफा अघिल्लो आ.व को सोहि अवधिको तुलनामा ९२ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले चैत्र मसान्त सम्ममा विद्युत बिक्रीबाट १५ करोड ३४ लाख तथा अन्य आम्दानीबाट १९ लाख ६७ हजार गरि कुल १५ करोड ५४ लाख आम्दानी गरेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी ८ रुपैयाँ १९ पैसा र प्रति शेयर नेटवर्थ १०६ रुपैयाँ ४४ पैसा छ ।

८.५ मेगावाट क्षमताको नौगड गाढ आयोजना संचालन गरिरहेको कम्पनीले छिटै अर्काे ८ मेगावाट प्रशारण लाईनमा जडान गर्न गईरहेको छ । साथै कम्पनीले ४० मेगावाट क्षमताको माथिल्लो चमेलियालाई निर्माणमा लान आवश्यक कार्य गरिहरेको छ ।