कमिसनको अडियो काण्डले सञ्चार मन्त्री गोकुल बाँस्कोटाको राजीनामा

0
Shares

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले कमिसनको मोलमोलाई गरेको अडियो बाहिरिएपछि राजीनामा दिन बाध्य भएका छन्।

मन्त्री बाँस्कोटाले करिब ७० करोडको कमिसन मोलमोलाई गरेको अडियो सञ्चार माध्यमहरुबाट बाहिर आएपछि मन्त्री पदबाट राजीनामा दिएका हुन्।

बिहीबारको संसदको बैंठकमा चर्को विरोध भएपछि सभामुख अग्नी सापकोटाले अनौपचारिक जानकारी अनुसार राजीनामा दिइसकेको संसदमा बताएका छन् ।

“औपचारिक पत्र नआएपनि अनौपचारिक जानकारी आएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ,” सभामुख सापकोटाले संसदमा भने ।

बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्न कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड घुस माग्दै वार्तालाप गरेको अडियो सार्वजनिक भएको थियो ।

प्रकाशित मिति: ८ फागुन २०७६, बिहीबार  १५ : ४८ बजे