नेप्सेले तोड्यो १ हजार ५०० बिन्दु, आधा दर्जन बढीमा सकारात्मक सर्किट

0
Shares

लामो समयदेखि बुलिस प्रवृत्तिमा रहेको नेप्से परिसूचकले १ हजार ५०० बिन्दु तोडेको छ । फागुन ११ गते आइतबार दिउँसो १ बजेर १३ मिनेटमा सो बिन्दु तोडेको हो।

कारोबारको दुई घण्टा अवधिमा नेप्से १ हजार ५०५ बिन्दुमा पुगेको छ भने २ अर्ब १५ करोड बराबरको शेयर खरीद बिक्री भएका छन्। कारोबारमा आएका १७६ कम्पनीमध्ये साल्ट ट्रेडिङ्ग, फस्ट माइक्रोफाइनान्स, एनएमबि बैंक, कालिका लघुवित्त, मेगा बैंक, आरएसडिसी लघुवित्त लगायत ८ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने यस अवधिसम्ममा तारागाउँ रिजेन्सी होटल, बरुण, खानीखोला हाइड्रोपावर सहित १२ कम्पनीको मात्रै शेयरमूल्य घटेको छ ।