नेप्सेमा दुई कम्पनीको ९५ लाख ७५ हजार कित्ता बोनस शेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज ९५ लाख ७५ हजार कित्ता बोनस शेयर कारोबारको लागि सूचीकृत गरेको छ ।

नेप्सेले  गुराँस लघुवित्त वित्तीय संस्थाको ५९ हजार कित्ता त्यसैगरी चिलिमे हाइड्रोपावर कम्पनीको ९५ लाख १६ हजार २७१.५६ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

सूचीकृत भएको उक्त शेयर शेयरधनीको खातामा आएपछि दोस्रो बजारबाट खरीद बिक्री गर्न सक्नेछन्।

चिलिमे (CHCL) को मंसिर ११ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाबाट २० प्रतिशत बोनस र पाँच प्रतिशत नगद लाभांश तथा गुराँस लघुवित्त (GLBSL) को मंसिर १४ गते शनिबार सम्पन्न चौंथो वार्षिक साधारण सभाबाट ७.६१२९ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४० प्रतिशत नगद लाभांश अनुमोदन भएको थियो।

यसअनुसार चिलिमे तथा गुराँस लघुवित्तको बोनस साधारण सभाका लागि बुकक्लोजको अघिल्लो दिन अर्थात कात्तिक २६ गतेसम्म कायम लगानीकर्ताले मात्र पाउनेछन्।