सिभिल बैंकको नाफा ४७ प्रतिशतले बढ्यो


सिभिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४९ करोड ३८ लाख रुपैयाँ खूद नाफा गरेको छ । यो नाफा नाफा गत आर्थिक वर्षको यसै अवधिकको तुुलनामा ४७ प्रतिशतले धैरै हो ।

गत आर्थिक वर्षको चैतसम्ममा बैंकले बैंकले ३३ करोड ५५ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले ९ महिनाको अवधिमा ७६ करोड ५७ लाख रुपैयाँ संचालन नाफा गरेको छ । बैंकको वितरणयोग्य नाफा २२ करोड ३० लाख छ ।

हाल आठ अर्ब बढी चुक्ता पूँजी रहेको बैंकको जगेडा सञ्चित कोषमा १ अर्ब ६३ करोड छ । ३९ अर्ब ९२ करोड निक्षेप संकलन गरेको बैंकले ४१ अर्ब ४१ करोड कर्जा परिचालन गरेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५७ करोड रुपैयाँ छ । यो खुद ब्याज आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७० प्रतिशत बढी हो ।

हाल बैंककोे खराब कर्जा अनुपात ३.९६ प्रतिशत, कोषको लागत ८.४० प्रतिशत तथा आधार व्याजदर दर ११.२० प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ १७ पैसा , प्रतिसेयर नेटवर्थ १२५.०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २५.९३ गुणा छ ।