आइएमई जनरल इन्स्योरेन्सको बोनसमा शेयरमूल्य समायोजन

0
Shares

आइएमई जनरल इन्स्योरेन्स (IGI) को फागुन १२ गते सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ। गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण इन्स्योरेन्सले सोमबार बुकक्लोज गरेसँगै नेप्सेले प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन गरि नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

नेप्सेले इन्स्योरेन्सको चुक्ता पूँजीको ६ प्रतिशत बोनस समायोजन गरि प्रतिकित्ता ५०० रुपैयाँ निर्धारण गरेको हो। आइतबार कम्पनीको प्रतिकित्ता ५३० रुपैयाँमा नेप्सेमा कारोबार भएको थियो। समायोजित मूल्यलाई आधार मानेर सोमबार आइएमई जनरल इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।

इन्स्योरेन्सले फागुन २४ गते लैनचौर बैङ्क्वेट्स, लैनचौरमा बिहान १० बजे ाइसौँ वार्षिक साधारण सभा बोलाएको छ। बोनस शेयर वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ८ करोड १८ लाख रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति: १२ फाल्गुन २०७६, सोमबार  ०९ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।