दुई सातापछि बल्ल घट्यो सुनको भाउ, चाँदीको भने बढ्यो

0
Shares

फागुन लागे यता निरन्तर बढेको सुनको भाउ दुई सातापछि आएर सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ ले घटेको छ ।

महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ८० हजार रुपैयाँ कायम भएको छ ।त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ७९ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिनको सुनको भाउ प्रतितोला ८० हजार तीन सय रुपैयाँ रहेको थियो । गत फागुन १ गते ७६ हजार रुपैयाँमा रहेको सुनको भाउ दुई साताको अवधिमै फागनु १२ गते सोमबार ८० हजार ३ सय रुपैयाँ पुगेको थियो । मंगलबार तीन सय रुपैयाँले गिरावट आएको हो।

कोरोना भाइरसका कारण पछिल्लो समय सुनको भाउ अन्तर्रा्ष्ट्रिय बजारमा उकालो लाग्न थालेपछि त्यसको असर नेपाली बजारमा समेत देखिएको छ ।

मंगलबार चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँ बढेर ९२५ रुपैयाँ पुगेको छ।

प्रकाशित मिति: १३ फागुन २०७६, मंगलबार  १० : ५४ बजे