सुनको भाउ दोस्रो दिनपनि घट्यो, चाँदीमा पनि गिरावट

0
Shares

फागुन लागे यता निरन्तर बढेको सुनको भाउ दुई सातापछि आएर मंगलबार घटेकोमा फागुन १४ गते बुधबार पनि त्यसले निरन्तरता पाएको छ । मंगलबार प्रतितोला ३०० रुपैयाँले घटेको सुन बुधबार थप ५०० रुपैयाँ सस्तिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ७९ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ७९ हजार २०० रुपैयाँ तोकिएको छ ।

महासंघका अनुसार बुधबार चाँदी प्रतितोला २० रुपैयाँले घटेर ९०५ मा झरेको छ। मंगलबार चाँदी प्रतितोला ९२५ मा कारोबार भएको थियो।

गत फागुन १ गते ७६ हजार रुपैयाँमा रहेको सुनको भाउ दुई साताको अवधिमै फागनु १२ गते सोमबार ८० हजार ३०० रुपैयाँ पुगेको थियो ।

कोरोना भाइरसका कारण पछिल्लो समय सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा उकालो लाग्न थालेपछि त्यसको असर नेपाली बजारमा समेत देखिएको छ ।

प्रकाशित मिति: १४ फागुन २०७६, बुधबार  ११ : ०७ बजे